वर दुबईमा सुविधा सम्पन्न नेपाली रेष्टुरेन्ट र क्लव सञ्चालनमा आउदैं

काष्ठमाण्डप रेष्टुरेन्ट र क्लव एसके सेभन एकैंसाथ खुल्ने

युएई / युएईको दुबई राज्य अन्तर्गतको पर्यटकिय शहर वरदुबईमा सुविधा सम्पन्न नेपाली रेष्टुरेन्ट र क्लव संचालनमा आउने भएको छ । 
नेपाली समुदायको सर्वाधिक भिडभाड हुने वरदुबईमा बिशेषगरी नेपालीलाई नैं लक्षितगरी काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लव एसके सेभन एकैंसाथ सञ्चालनमा आउने भएको हो ।
पुरानो जकदअ (एचएसबिसी) बैंक बिल्डिङको एम फ्लोरमा सबैं सुविधा उपलब्ध हुनेगरी व्यवस्थित र सुविधासम्पन्न काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लव एसके सेभन डिसेम्बर पहिलो सातादेखी खुल्ने तयारी गरिएको जनरल मेनेजर जेम्स गुरुङले जानकारी दिनुभयो ।
काष्ठमाण्डप नेपाली रेष्टुरेन्टमा बिशेषगरी नेपाली स्वादमा, स्वादिष्ट नेपाली परिकार पाईने जिएम गुरुङले बताउनुभयो । हामी उच्च स्तरको क्वालिटी दिने छौं गुरुङले भन्नुभयो : क्वालिटीमा कुनैं सम्झौंता हुनेछैंन । सुद्धता, सरसफाई र खानेकुराको गुणस्तरमा कुनैं कमि हुन नदिने उहाँको प्रतिबद्धता छ । 
पारिवारिक वातावरण, बैंठक, सभाहल, पर्याप्त पार्किङको व्यवस्था रहको जिएम गुरुङले जानकारी दिनुभयो । वर दुबईमा पहिलो पटक यत्ति धेरैं सुविधा सम्पन्न रेष्टुरेन्ट खुल्न लागेको हो ।


रेष्टुरेन्टबाट बरदुवईको सुन्दर दृश्य देखिन सक्ने, दुबईको मुख्य सहर, विश्वभरबाट आउने पर्यटकको मुख्य गन्तव्य भएका कारण ग्राहकलाई सुविधा हुने गुरुङको भनाई छ । रेष्टुरेन्टको १ सय ९ जना सम्म क्षमता रहेको छ । एकैंपटक १ सय भन्दा धेरैं ग्राहकलाई सहज सुविधायुक्त ढंगले सेवा दिन सकिने जिएम गुरुङले जानकारी दिनुभयो ।
नेपाली समुदायलाई सुविधाजनक ढंगले गुणस्तरयुक्त सेवा दिनको लागी रेष्टुरेन्ट र क्लव सञ्चालन गर्न लागिएको सञ्चालक सरोज बिष्टले बताउनुभयो । मध्यम खर्चमा पनि स्वस्थकर खाना र पुर्ण मनोरञ्जन दिने उद्येश्यले रेष्टुरेन्ट र क्लव स्थापना गरिएको बिष्टको भनाई छ । हामीले सबैं कानुनी प्रक्रिया पुरा गरिसकेका छौं । डिसेम्बर पहिलो साताबाट रेष्टुरेन्ट र क्लव एकैंसाथ शुरु गर्नेछौं बिष्टले भन्नुभयो : नेपालीसहित ईण्डियन, अरबिक सबैंलाई समेट्नेगरी उत्कृष्ट सेवा दिनेछौं । काष्ठमाण्डप नेपाली रेष्टुरेन्टमा नेपाली पहिचान झल्काउने शुद्ध नेपाली खाना उपलब्ध हुने बिष्टले बताउनुभयो ।


विश्वभर काष्ठमाण्डपको शाखा खोल्ने योजना रहेको बिष्टको भनाई छ । १४ बर्षमा बिभिन्न देशमा १ सय वटा रेष्टुरेन्ट खोल्ने योजना रहेको बिष्टले बताउनुभयो । काष्ठमाण्डपको शाखा विश्वभर खोल्नेछौं संचालक बिष्टले भन्नुभयो: यो अभियान युएईबाट शुरुवात भएको छ । करिब नेपाली ३० करोड रुपैंया लगानी रहेको क्लव र रेष्टुरेन्टमा ९५ प्रतिसत नेपाली कामदार रहेका छन् । सबैं कामदार कर्मचारीहरुलाई तालिमको व्यवस्था गरिएको बिष्टले बताउनुभयो ।


करिब ९ सयजना भन्दा बढी क्षमता भएको क्लव एसके सेभेनमा आधुनिक प्रविधि जडान गरिएको बिष्टको भनाई छ । यो बिगेष्ट क्लव हो उहाँले भन्नुभयो ः क्लवमा साउण्ड सिष्टम, लाईटिङ लगायतका आधुनिक प्रविधि जडान गरि उत्कृष्ट व्यवस्थापन गरिएको छ । क्वालिटीमा सम्झौंता नगर्ने बिष्टले बताउनुभयो । क्लव भन्ने बित्तिकैं महङ्गो हुन्छ भन्ने आम मानिसको सोच छ । तर क्लव एसके सेभेनमा मध्यम बजेटमा पुर्ण मनोरञ्जन लिन सकिने जिएम गुरुङले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत