राष्ट्रिय चलचित्र पुरस्कार तथा विशेष योगदान सम्मानबाट युएईका ठाकुर ढुगांना र रमेश ढकाल सहित ३७ सम्मानित

चलचित्र विकास बोर्डको आयोजनमा युएईमा भएको नेपाली सिनेमा फेस्टिबल–२०२२ भव्यताका साथ सम्पन्न गर्न एनआरएनए युएईका तत्कालिन अध्यक्ष ढुङ्गानाले महत्वपुर्ण भुमिका खेल्नुभएको थियो ।

काठमाण्डौं / लामो समयदेखी सामाजिक क्षेत्रमा कृयाशिल नेपाल एसोसियसन एनआरएनए युएईका निवर्तमान अध्यक्ष एवम् संरक्षक ठाकुरप्रसाद ढुङ्गाना सम्मानित हुनुभएको छ । 
चलचित्र विकास बोर्डको आयोजनमा राजधानीमा भएको एक भव्य समारोहका बिच ढुङ्गाना सम्मानित हुनुभएको हो । चलचित्र विकास बोर्डले नेपाली चलचित्र र कलाकारिताको क्षेत्रमा बिशेष योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ बाट ढुङ्गाना सहित ३७ जना बिशिष्ट व्यक्तित्वहरु सम्मानित भएका छन् ।
धादिङ जिल्ला घर भएका ढुङ्गाना लामो समयदेखी युएईमा बस्दैं आउनुभएको छ । प्रवासमा रहेर नेपाली चलचित्रको प्रवद्र्धन गर्दै चलचित्रको क्षेत्रमा विशेष योगदान गरेबापत ढुङ्गानालाई सम्मान गरिएको हो । एनआरएनएको आसन्न निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार ढुङ्गाना लामो सयमदेखी सामाजिक, पर्यटन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । ढुंगानालाई विशेष योगदान सम्मानबाट सम्मान गरिएको हो । चलचित्र विकास बोर्डको आयोजनमा युएईमा भएको नेपाली सिनेमा फेस्टिबल–२०२२ भव्यताका साथ सम्पन्न गर्न एनआरएनए युएईका तत्कालिन अध्यक्ष ढुङ्गानाले महत्वपुर्ण भुमिका खेल्नुभएको थियो ।
मंगलवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ विसं २०७८ बाट अभिनेत्री लक्ष्मी गिरी र ‘दीर्घ साधना सम्मान’ २०८० अभिनेता शिव श्रेष्ठलाई प्रदान गर्नुभयो । उहाँहरू दुवैलाई जनही रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो ।
यस्तै, चलचित्र पुरस्कारतर्फ अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेत्री दीया मास्के (प्रकाश), निर्देशक दिनेश राउत (प्रकाश), लेखक दीपेन्द्र के खनाल (चिसो मान्छे), छायाँकार पुरुषोत्तम प्रधान (लप्पन छप्पन २), सम्पादक निमेष श्रेष्ठ (दोख) पुरस्कृत हुनुभएको छ । यस्तै, निर्णायकमण्डलको तर्फबाट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ लाई विशेष भन्दै ‘निर्णायक पुरस्कार’ प्रदान गरिएको थियो । उहाँहरूलाई जनही रु २५ हजारसहित पुरस्कृत गरिएको हो ।

यसैगरी एनआरएनए युएईका निवर्तमान उपाध्यक्ष एवम् चलचित्र प्रवद्र्धक रमेश ढकाल पनि सम्मानित हुनुभएको छ । चितवन घर भएका ढकाल लामो समयदेखी युएईमा सामाजिक तथा चलचित्र क्षेत्रमा कृयाशिल हुनुहुन्छ । 


मध्यपुर्वको बिभिन्न देशमा नेपाली फिल्म प्रदर्शन गर्दै आउनु भएका ढकाल चलचित्र विकास बोर्डको आयोजनमा राजधानीमा भएको एक भव्य समारोहका बिच सम्मानित हुनुभएको हो । चलचित्र विकास बोर्डले नेपाली चलचित्र र कलाकारिताको क्षेत्रमा बिशेष योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ बाट ढकाल सम्मानित हुनुभएको हो । ढकाललाई प्रवासमा नेपाली चलचित्रको प्रवद्र्धन एवम् नेपाली कला क्षेत्रमा बिशेष योगदान पु¥याए बापत सम्मान गरिएको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अवार्ड प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, “पुरस्कारमा सबैलाई समेट्न सकिँदैन तर सबैको प्रतिनिधित्व भने हुन्छ । म अध्यक्ष भएदेखि मैले चलचित्रकर्मीको रूपमा देखेको समस्यालाई समाधान गरिरहेको छु । चलचित्र क्षेत्रको हितलाई विशेष महत्व दिई बोर्डले काम गरिरहेको छ ।” समारोहमा राष्ट्रपति पौडेलले ‘विशेष चलचित्र पुरस्कार २०७८’ दुई चलचित्र ‘टुल्की’ र ‘निरमायाँ’ र ‘विशेष चलचित्र पुरस्कार २०७९’ तीन चलचित्र ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’ लाई जनही रु दुई लाखसहितको पुरस्कार प्रदान गरे । सोही समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएको भन्दै कलाकार किरण केसी, अर्जुन श्रेष्ठ, रामचन्द्र अधिकारी, अर्जुनजङ्ग शाही, गीतकार डब्बु क्षेत्रीसहित विभिन्न ३५ जना चलचित्रकर्मी र संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत