पोर्चुगलको पासपोर्ट : रहर कि वाध्यता ?

यहा पासपोर्ट रहर लिने सगै बाध्यताले लिने पनि छन् ।

लिस्बन पोर्चुगल / पोर्चुगल दक्षिण युरोपमा अवस्थित युरोपकै पूरानो मध्यको देश हो । सन् ११४३ मा स्थापना भएको यो देशको क्षेत्रफल ९२ हजार २ सय १२ वर्गकिलोमिटर छ । यो देशको मुख्य भूमि आइवेरीयन प्रायदिपको दक्षिण पश्चिममा अवस्थित छ । ऊत्तर पूर्वमा स्पेनको सिमान छ भने दक्षिण पश्चिममा एटलान्टीक महासागर छ । विगत केही वर्ष देखी यो देशको जनसंख्या घट्दो दरमा छ भने हाल २०२३ मा यहाँको जनसंख्या एक करोड दुईलाख ४७ हजार ६ सय पाँच छ ।

यहाँको अर्थतन्त्र दशक अघि खराब अवस्थामा थियो भने अहिले केही सुधार हुदै गएको छ । आप्रवासी र वैदेशिक लगानीकर्तालाई यहाँ उदार नीति छ। पर्यटक र कृषि यहाँको मुख्य आम्दामीको श्रोत हो । विश्व बजारको शीर्ष निर्यातकर्ता हो । नेपालका जस्तै पोर्चुगलको युवा पनि पोर्चुगल छोडेर अन्य देश जाने गर्छन् । यहाँ कामदारको अभाव र घट्दो जनसंख्याको कारण पोर्चुगलले आप्रवासीलाई पोर्चुगल भित्राउन कागजीकार्य भिसा अनुमतिपत्र र पिआर अनि नागरिकताका लागि यो देशले उदारता देखाउँदै लाखौ आप्रवासीलाई भित्राएको मात्र छैन ती आप्रवासीबाट अरबौ युरो ट्याक्स उठाउनुका  साथै आफ्नो देशको श्रमिकक अभाव समाधान गर्दै आएको छ । एकातिर दक्षिण एशियाली तथा अफ्रिकन मुलुकबाट सस्तो श्रमिक पाएको छ । तिनै श्रमिकले काम गरेको सामाजिक सुरक्षा कर र भ्याट करबाट यहाँको राजश्व पनि बढाएको छ ।

किन ओइरीन्छन् त आप्रवासी पोर्चुगलमा ?

पोर्चुगलमा कागजी प्रक्रिया सहज छ । यहाँ संघर्ष छ । शुरुका दिनमा धेरै कठिन परिस्थितिको सामना गर्नु पर्दछ । तर यहाँ जुन जसरी यो देशभित्र जुनसुकै तरिकाले आएपनि यहाँ छिरिसके पछि डिपोट हुनु पर्दैन । आपराधिक क्रियाकलाप गरे मात्रै डिपोट हुनुपर्छ । अन्यथा सजह अवस्था छ ।

यहाँ आएर यहाँको भ्याट (फिनान्स) नम्बर र सामाजिक सुरक्षा नम्बर (सोसियल) बनाएपछी यहाँ काम गरेर बस्न पाइन्छ । व्यवसाय गर्न पाइन्छ । यहाँ कसैले तेरो भिसा छैन त जा भन्दैन । त्यसैले यहाँ आप्रवासी आउने गर्छन्। यहाँ आएपछि अस्थाई बसोबस कार्ड पाइन्छ । औसतमा २ वर्षमा अस्थाई बसोबास कार्ड पाइन्छ । त्यसपछि ५ वर्षमा यहाँको नागरिकता एप्लाई गर्न पाइन्छ ।

यहाँको नागरिकता भएपछि यूरोपका नर्वे, बेल्जियम, लक्जेम्बर, जर्मनी, स्वीडेन, स्वीस लगायत आकर्षक तलव हुने देशमा जान पाइन्छ । अस्थाई अनुमति कार्ड पाएपछि आफ्नो परिवार यहाँ ल्याउन सजिलै सकिने भएकाले यहाँ आप्रवासीहरु भविष्यमा अन्यत्र जान पाइने आशाले पनि यहा ओइरिएका छन् ।

पोर्चुगलको पासपोर्ट रहर कि वाध्यता ?

पोर्चुगलमा कमाई ज्यादै न्यून छ । कसैको राम्रो आम्दानी भएता पनि पोर्चुगलमा भएको ९० प्रतिशतको कमाई खासै धेरै हुदैँन । यहाँको बेसिक तलव सरकारी निर्धारण नै ७६० युरो छ । ४/५ बर्ष बसेकाहरुले पनि फुल टायम काम गर्दा पनि हजार यूरोको हाराहारीमा भन्दा बढी तलब हुँदैन । कसैको होला तर प्रायको हुँदैन । यहा आउँदाको दिन देखी नै कागजी प्रकृयादेखि पारिवारिक पुनर्मिलनसम्ममा आइपुग्दा जति कमाएको त्यत्ति नै खर्च हुन्छ ।

यहा ६/७ वर्ष बस्दा पनि आर्थिक पाटो मजबुत हुदैँन । त्यसकारण पनि अन्य देशमा जानु पर्दछ । पोर्चुगलाबाट अन्य देश जस्तै नर्बे, डेनमार्क, जर्मनी, बेल्जियम तथा अन्य सेनजेन देशमा काम गर्नका लागी यहाँको नेशनालिटी हुनै पर्दछ । जबसम्म यहाँको नेशनालिटी हुदैन । तबसम्म ती देशमा काम गर्न जान पाईदैन । अर्को कुरा पोर्चुगलमा पनि घर जग्गा किन्न होस् या कोही लगानीको लागी ऋण लिन नै किन नहोस् ? यहाँको नेशनालिटी लिएको लाई धेरै सहज हुन्छ । त्यही  कारणले पनि कतिले नचाहदा नचाहदै पनि नागरिकता त्यागेर यहाँको नागरिकता लिन वाध्य छन् । कतिलाई त रहर पनि हुन्छ रातो पासपोर्टको । किनभने जब यहाँको नागरिकता लिईन्छ त्यसपछि जहाँ जादा पनि यहि को पासपोर्ट लिएर जानु पर्दछ । यात्रा गर्नु पर्दछ । कतिलाई यो पासपोर्ट लिनु रहर पनि छ । रहर लिनेले पनि धेरै छन् । अनि पासपोर्ट आएपछी खुसीले सामाजिक संजालमा पनि लेख्छन् । सामाजिक सञ्जालमा सेयर गर्छन् । कति लाई यहाँ को पासपोर्ट बाध्यता पनि लिनु परेको छ । लिऊ भने नेपाली नै भयर पछि नेपालमा गएर बस्न मन छ । पछि नलिऊ भने यहा कमाई छैन अनि अन्य देश जादाँ यहाँको पासपोर्ट बिना काम गर्न जान नपाउने कारण बाध्यताले  लिन पर्ने पनि छन् । यहा पासपोर्ट रहर लिने सगै बाध्यताले लिने पनि छन् । (साभार : युरोप चौतारी ।)

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत