काठमाण्डाै / ३ नेपालीसहित ६ जनाले सगरमाथाकाे आरोहण गरेका छन् ।
आज बिहान पौने ९ बजे ३ नेपाली र ३ विदेशी गरी ६ जना आरोहीले सगरमाथाको आरोहण गरेका हुन् । पहिलो आरोहणबाट नेपाली आरोही पासाङदावाले २६औँ पटक सगरमाथा चढेर कीर्तिमान राख्नु भएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ पाङबोचेका पासाङदावा शेर्पाले २६औँ पटक सगरमाथाको शिखर चुम्नु भएको हो ।त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बु पासाङल्हामु ५ थामेका पासाङतेम्बा शेर्पा र त्यही गाउँका आङङिमा शेर्पा रहेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो।
यस्तै, पहिलो आरोहणबाटै पाकिस्तानका नागरिक माइली तानी, अमेरिकाकी जेसिका र हङ्गेरीका मटन टि सेर्सले पनि सगरमाथाको आरोहण गरेका छन् । यो वसन्त ऋतुको पहिलो सफल आरोहण हो ।वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण हिजोदेखि सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।
अहिले आधार शिविरभन्दा माथि सयाैँकाे सङ्ख्यामा आरोहीहरु चुचुरोतर्फ लागेका छन् । आरोहणको ७० वर्षे इतिहासमा पहिलो पटक सगरमाथामा धेरै आरोहीले आरोहण अनुमति लिएका छन् ।
प्रतिकृया दिनुहोस