आगो लागेको भनिएको जहाज दुबईमा सुरक्षित अवतरण

फ्लाइट राडारका अनुसार फ्लाई दुबईको FZ 576 जहाज स्थानीय समय १२:१० मा अवतरण भएको हो।

काठमाडौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको फ्लाईदुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ ।

फ्लाइट राडारका अनुसार फ्लाई दुबईको एफजेड ५७६ जहाज स्थानीय समय १२:१० मा अवतरण भएको हो।

उक्त जहाजमा काठमाडौंबाट उड्नेबित्तिकै समस्या आएको थियो।

काठमाडौंको समयअनुसार ९ बजेर २० मिनेटमा उडेको जहाजमा आगोको झिल्का देखिएर पड्केको आवाज आएको थियो।

फ्लाई दुबईले जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताएको दुबई मिडिया अफिसले जनाएको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत