जहाज उडिरहेको छ, दिल्लीमा अवतरण भएको हल्ला मात्रै !

फ्लाईट राडरका अनुसार अहिले ३४ हजारको हाईटमा जहाज उडिरहेको देखिन्छ ।

काठमाडौं / काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको एउटा इञ्जिन फेल भएपनि अहिले सफलता पुर्वक उडिरहेको छ ।

फ्लाईड राडर हेर्दा जहाज अहिले ३४ हजारको उचाईमा उडिरहेको छ भने ग्राउन्ड स्पिड ४१० kts रहेको छ । (तस्वीरमा स्क्रीन सट हेर्नुस ।) फ्लाईट राडरका अनुसार जहाज अहिले लोहारु (Loharu) भन्ने ठाउँमा पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेनन् । ‘डेस्टिनेस अर्थात् दुबई नै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने पाइलटले बताएका छैनन्’, एक अधिकारीले भने, ‘पाइलटले वी विल कन्टिन्यू भनेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत