बैनीको घर खोज्न प्रकाश दुतराजले मार्च २१ मा सिजुओकामा गित गाउने

काठमाडौं । सिजुओकामा आयोजना हुन लागेको लोकप्रिय गायक प्रकाश दुतराजको एकल साँगितीक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । 

जापानको विभिन्न शहरमा सागीतीक टुरमा रहेका लोक तथा दोहोरी गायक प्रकाश दुतराजको सिजुओकामा यहि मार्च २१ तारीख मगंलबार प्रस्तुती हुने छ । साथमा स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन पनि रहनेछ ।
सिजुओकाको हिगाशी सिजुओका स्टेशन नजिक रहेको ग्रान्डसिप हलमा बेलुका ५ बजेदेखी कार्यक्रम शुरु हुनेछ ।

सिजुओका स्पोर्टस क्लब ,गलकोट समाज सिजुओका ,स्याग्जां समाज सिजुओका र एभरेष्ट फुजी सोसाइटी हामामाचु को संयुक्त आयोजनामा हुन लागेको कार्यक्रम को टिकट को मुल्य साधारण तर्फ २ हजार र भिआइपी तर्फ १ मान तय गरियको छ । साथै विभिन्न स्थानमा टिकट विक्रीकालागी राखीयकोमा हिमालयन मार्टबाट टिकट खरीद गर्दा भने मार्टको तर्फबाट ५ सय यनको डिस्काउन्ट कुपन समेत प्राप्त हुने बताइएको छ । 


गायक दुतराज पछिल्लो समयमा रुचाइएका गायक हुन, उनका गितहरु वैनी झयालैमा,घर कताहो बैनीको ,लाहुर जाने रेलैमा चर्चामा रहेका छन् । 


सिजुओकामा हुन लागेको उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न कृष्ण केसीको संयोजकत्वमा कार्यक्रम ब्यवस्थापन समीती गठन गरिएको छ ।

जस अन्तर्गत प्रचार प्रसार संयोजक अर्जुन जगं बस्नेत र सुमन सुनुवार ,आर्थीक संयोजक दिवस सुवेदी ,हल ब्यवस्थापन संयोजक भिम शिरिष मगर र मिलन अर्याल ,सस्था समायोजन संयोजक विशाल शर्मा रहेका छन भने कार्यक्रमको संचालन वीरेन्द्र केसी र कृष्ण केसीले गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत