बागमती प्रदेशमा कानुन एप सार्वजनिक

हेटौंडा । बागमती प्रदेशमा कानुन एप सार्वजनिक भएको छ। बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पूर्ण कानूनहरु एकीकृत रुपमा मोबाइल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी एप सार्वजनिक गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले  बागमती कानुन’ नामक एप बनाएर सार्वजनिक गरेको हो ।बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा। अजयक्रान्ति शाक्यले सो एप सार्वजनिक गर्दै आफूले डिजिटल बागमती प्रदेश बनाउन खोजेको र यसै सन्दर्भमा यो एप निर्माण गरिएको जानकारी दिए ।

एप निर्माणकर्ता प्रोलोजिक सोलुसन प्रा.लि.का प्रोपराइटर नितेश दाहालले मन्त्रालयले प्रदान गरेको कार्यविवरण अनुरुप एपको निर्माण भएको र यो एप सरकारी स्वामित्वमा रहने भएकाले गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध गराउन केही समय लाग्ने बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत