जनआस्था कार्यालयमा बिहानै प्रहरीको छापा

काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीले आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ।

जनआस्था कार्यालयका कर्मचारीका अनुसार प्रहरी टोली कार्यालयमा प्रवेश गरी श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा पुगेको थियो।

श्रेष्ठलाई हिजो राति उनको निवासबाट पक्राउ गरिएको थियो। त्यसपछि राति करिब १ बजे पनि प्रहरीको टोली उनको घरमा पुगेर छापा मारेको थियो।

श्रेष्ठ पक्राउ परेपछि नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध संस्थाहरूले मध्यरातमै प्रहरी कार्यालयमा पुगेर विरोध जनाएका थिए। त्यसको भोलिपल्टै प्रहरीले जनआस्था कार्यालयमा छापा मारेको हो।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत