शुक्रबार एनसेलको सेवा तीन घण्टा अवरुद्ध हुने

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको भोलि (शुक्रबार) बिहान तीन घण्टा सेवा अवरुद्ध हुने भएको छ ।

एनसेलले शुक्रबार बिहान १ देखि ४ बजेसम्म नियमित सुधार प्रक्रिया अन्तर्गत प्राविधिक कार्य गर्ने जानकारी गराउँदै सेवा अवरुद्ध हुने बताएको हो ।

सो अवधिमा रिचार्ज, प्याक/सेवा सुचारुका साथै एनसेल एप, च्याट, कोडहरू र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरू अवरुद्ध रहने जानकारी एनसेलले गराएको छ ।

एनसेलले आफ्ना ग्राहकहरूलाई भरपर्दो सेवा प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको बताएको छ । ‘यस सुधार कार्यका दौरान पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ,’ एनसेलले सूचना जारी गर्दै भनेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत