हेटौंडा / “सम्पूर्ण खड्काहरू एकजुट होऔँ” भन्ने मूल नारासहित खड्का समाज मकवानपुर, हेटौंडाद्वारा बृहत् शुभकामना आदान–प्रदान तथा परिचयात्मक कार्यक्रम हुने भएको छ।
विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिने उक्त कार्यक्रम आगामी असोज ६ गते (घटस्थापनाको दिन) दिउँसो १ बजे हेटौंडा-४ कमलडाँडामा रहको क्लब हेटौंडा पार्टी प्यालेसमा हुने संयोजक दीपक खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा खड्का समाजका सम्पूर्ण सदस्य, परिवार तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ। यस अवसरमा शुभकामना आदान–प्रदानसँगै सहभागीबीच परिचयात्मक सत्र र तदर्थ समिति गठन समेत गरिने खड्काले बताउनुभयो ।
समाजले सबै खड्का परिवारलाई नामावलीसहित जानकारी गराई सो कार्यक्रमलाई भव्यरूपमा सफल पार्न उपस्थिति जनाउन अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस