दुबईमा Disuda Tourism LLC को भव्य उद्घाटन

युएई/ युएईको दुबई राज्यमा Disuda Tourism LLC ट्राभलको सेवा शुभ आराम्भ भएको छ ।ट्राभलको एक भव्य समारोह का बिच उद्घाटन भएको छ। Aero Leaders Travel & Tours को यो नयाँ भेञ्चरमार्फत कम्पनीले नेपाल, दुबई र अमेरिका हुँदै विश्वभरका यात्रु तथा पर्यटकहरूलाई सम्पूर्ण पर्यटन तथा यात्रा–सम्बन्धी सेवा प्रदान गर्ने घोषणा पनि गरेको छ।

उद्घाटन समारोहमा Aero Leaders Travel & Tourism Venture, America का चेयरपर्सन दिलीप नेपालीले Disuda Tourism LLC को शुभारम्भ गर्दै कम्पनीले यात्रुहरूलाई अझ सहज, सुरक्षित र स्मरणीय सेवा दिने विश्वास व्यक्त गर्नुभयो।
चेयरपर्सन दिलीप नेपाली केवल अमेरिकामै सीमित नभई नेपाल र अन्तर्राष्ट्रिय स्तरमा पनि सफल व्यवसायीका रूपमा परिचित हुनुहुन्छ। लामो समयदेखि यात्रा तथा पर्यटन व्यवसायमा सक्रिय उहाँले अमेरिका, नेपाल र दुबईमा विभिन्न व्यवसाय विस्तार गरेर नेपाली उद्यमशीलताको उदाहरण प्रस्तुत गर्नुभएको छ।


व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहँदै आउनु भएका नेपालीले विदेशमा रहेका नेपाली समुदायलाई अवसर, रोजगारी र पहिचान दिलाउने प्रयास गर्दै आउनुभएको छ। Disuda Tourism LLC उहाँकै रणनीतिक दृष्टिकोण र नेतृत्व क्षमताको अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ।

कार्यक्रममा दुबईमा रहेका नेपाली समुदाय, सामाजिक संघ–संस्था तथा व्यवसायिक व्यक्तिहरूले कम्पनीलाई शुभकामना दिएका थिए। कार्यक्रममा विशेष आकर्षणका रूपमा चर्चित गायक/संगीतकार अशिष अविरल, मोडेल तथा नृत्याङ्गना लक्ष्मी सुनार, कलाकार अञ्जुल लक्ज, कलाकार अशिष पुरुष र गायक बाबुराम परियारले प्रस्तुत गरेका मनमोहक गीत–संगीत तथा नृत्यले वातावरण झन् उत्साहपूर्ण बनेको थियो।

Disuda Tourism LLC ले दुबईमा रहेका नेपाली समुदाय, अन्तर्राष्ट्रिय पर्यटक तथा क्षेत्रीय साझेदारहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले दुबईमार्फत नेपालसहित विश्वका विभिन्न गन्तव्यहरूलाई जोड्ने “पर्यटन सेतु” को रूपमा काम गर्ने र पर्यटन क्षेत्रलाई अझ प्रतिस्पर्धी र आधुनिक बनाउन योगदान पुर्‍याउने चेयरपर्सन नेपालीले जानकारी दिनुभयो ।

कम्पनीले उद्घाटन समारोहमा उपस्थिति जनाई साथ दिनुहुने सम्पूर्ण अतिथि, साथीभाइ, शुभेच्छुक र दुबईस्थित नेपाली समुदायप्रति हार्दिक आभार प्रकट गरेको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत