नागरिक आन्दाेलनकाे खबरदावीः 'राष्ट्रपतिको अभिभावकत्व आजको आवश्यकता'

काठमाडाैं / बृहत नागरिक आन्दोलनले जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको बताएको छ । यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलको अभिभावकत्व जरुरी भएको अभियानको भनाइ छ ।

अभियानले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो। अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन । यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पूरा गरोस्, तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस् र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होउन् ।' अभियानले जेनजी आन्दोलनको म्यान्डेट र मूल भावना गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र भ्रष्टाचारविरुद्धको संघर्ष भएकाले यसलाई कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत