लोक तथा दोहोरी गायिका पवित्रा यात्रीको नयाँ गित"मृत्यु दर्ता" सार्वजनिक

काठमाण्डौं / लोकप्रीय लोक तथा दोहोरी गायिका पवित्रा यात्रीको नयाँ गित"मृत्यु दर्ता" सार्वजनिक भएको छ।

लोक दोहोरी क्षेत्रमा विगत देखि नै सकृय यात्री झन्डै दुई बर्षपछी सो एल्बम मार्फत कम ब्याक भएकी हुन।यात्री पछिल्लो समय स्टेज कार्यक्रममा निकै रुचाईएकी गायिका हुन। सुमन बिटि र पवित्रा यात्रीको आवाज रहेको सो गितमा शम्भु नेपालको शब्द रचना रहेको छ।

नारायण दंगालको संगित सम्पादन रहेको सो गितमा रामजी थापा मगरको संगित रहेको छ। खडक बाजुरालिको मिक्सिङ्ग माष्टरीङ्ग रहेको सो गितमा सागर बाजुरालि रेकर्डिष्ट रहेका छन। सार्वजनिक भिडियोमा पवित्रा यात्री,हरि पाठक,नारायण पौडेल,सविना श्रेष्ठ र सम्झना शर्माको अभिनय रहेको छ।त्यस्तै, बालकलाकार तर्फ दिपाशा लामा,सुरबी बानियाँ र साम्बी लामिछानेको अभिनय रहेको छ। सार्वजनिक सो भिडियोले बुबा आमा बिचको सम्बन्धमा मेल नहुँदा बाल बालिकामा पर्ने नकारात्मक असर र त्यसले समाजमा पार्ने नराम्रो प्रभावलाई झल्काईएको छ।

मिलन श्रेष्ठको निर्माण तथा निर्देशन रहेको उक्त भिडियो चितवनको कालिका नगरपालिका,नारायणी आसपासको क्षेत्र लगायतका ठाउँमा छायाँकन गरिएको हो। सो भिडियोलाई सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन भने रोशन धितालले सम्पादन गरेका हुन। उक्त गित सुमन बिटि युट्युव च्यानल मार्फत रिलिज गरिएको हो। भिडियो: https://youtu.be/ZFevAMyZFA8?si=d3JFy-tm5ailz7X5

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत