मकवानपुर गढी पर्यटन विकास समितिको अध्यक्षमा न्यौपाने चयन

हेटौँडा / मकवानपुर गढी पर्यटन विकास समन्वय समितिको अध्यक्षमा केदार प्रसाद न्यौपाने चयन भएका छन् । समितिको शुक्रवार हेटौँडामा भएको १५ औँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपानेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा शंकरलाल श्रेष्ठ, सचिवमा ओकिलराज बानिया, कोषाध्यक्षमा शंकर बि.सी. र सह–सचिवमा अनिल पराजुली चयन भएका हुन । समितिको सदस्यहरूमा क्रमशः एमपी शर्मा, उमा श्रेष्ठ, सङ्ग्राम श्रेष्ठ, सुमित श्रेष्ठ, विनोद पुडासैनी र कृष्ण प्रसाद पोखरेल चयन भएका हुन । समितिको सल्लाहकार एवम् संरक्षकमा बद्री प्रसाद खतिवडा, घनश्याम शंकर शर्मा, भागीरथी शर्मा खरेल, रामप्रसाद घिमिरे र विष्णु प्रसाद सिग्देल चयन भएका छन् ।

हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पर्यटन क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन । मकवानपुर गढी पर्यटन विकास समन्वय समितिमा विभिन्न पदमा रही संस्थाको विकासमा योगदान पुर्याउनेहरुलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । मकवानपुरको मकवानपुर गढी सहित ढुङ्गे गढी, बकैयामा रहेको अम्बास गढी, चिसापानी गढी, पालुङ गढी, टिस्टुङ गढी, चित्लाङ गढी र कोटथुम्की गढी प्रचार प्रसारको अभावमा अझैँ ओझेलमा परेको अध्यक्ष न्यौपानेले बताए । उनले पालिका र नेपाली सेना सँग सहकार्य गरेर गढीको महत्वलाई अझैँ उजागर गर्ने प्रतिबद्धता जनाए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत