हेटौंडा /अखिल नेपाल औद्योगिक मजदुर संघ समितिले गैरकानुनी तरिकाबाट निष्कासित श्रमिक अर्जुन ढकाललाई पुनवर्हालीको माग गर्दै विरोध जनाएको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एसियन पेन्ट्स नेपाल प्राइभेट लिमिटेडले विभिन्न आरोपप्रत्यारोप लगाएर ४ महिनादेखि कामबाट निकालिएको ढकालको भनाइ छ। आफू विगत २५ वर्षदेखि उक्त उद्योग कार्यरत रहेर श्रम गरिरहेको अवस्थामा सहकर्मीलाई कुटेको आरोपमा निष्कासित गरिएको बताएको छ । प्रत्येक वर्ष उद्योगले पिकनिक लाने गरिएको छ। यस्तै गरेर २०८१ साल माघ ४ र ५ गते चितवन लागियो । तर होटलमा मधिरा सेवन गरेको अवस्थामा भएको भनाभन विषयलाई लिएर किन कुटेको भन्दै जवाफ माग्ने तथा पत्र काट्ने गरेर कामबाट निकालिएको उहाँको दावी छ । गलत श्रम अभ्यासको अन्त्यको माग समेत गरिएको छ भने पुनवर्हली नगरे निरन्तर आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
प्रतिकृया दिनुहोस