२३ बैशाख, हेटौँडा / आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार(हिजो) एक सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।
प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिनुभयो ।
प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम बैशाख २४ गते प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
प्रदेश सरकारले चैत १८ मा बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदा सहित क्यालेण्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस