२२ बैशाख, हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्क क्षेत्रबाट प्रहरीले ३० किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
आज बिहान करिब १०:०० बजे विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा बागमती प्रदेश-०३-०१ ज ९७४ नम्बरको ईभी सवारीसाधन (EV गाडी) रोकी जाँच गर्दा चितवनको राप्ती नगरपालिका–८, खुरखुरे बस्ने अन्दाजी ३० वर्षीया लालमाया तामाङ पक्राउ परेकी हुन्।
मकवानपुर प्रहरीका अनुसार शंका लागी शरीर तथा झोलाको नियमित खानतलासी गर्दा गाडीको छतमा राखिएको जेब्रा झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा तीनवटा पोका फेला परेको थियो, जसमा जम्मा ३० किलो गाँजा बरामद गरिएको हो।
बरामद गरिएको लागुऔषधसहित तामाङलाई नियन्त्रणमा लिई लागूऔषध कसुर अन्तरगत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिकृया दिनुहोस