२१ बैशाख, हेटौडा / हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ ।
आइतबार बिहान वर्षाका कारण बागमती खोलाको डाइभर्सन बगाएपछि अवरूद्ध भएको सडक मर्मतपछि सञ्चालनमा आएको मकवापनपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसी श्यामु अर्यालका अनुसार डाइभर्सन मर्मतपछि दिउँसो १२:४५ बजेबाट यातायात सञ्चालनमा आएको हो ।
आइतबार बिहान ६:१५ बजे ललितपुरतर्फको डाइभर्सन बगाएको थियो ।
यद्यपि मर्मतको काम भइरहेकाले जेठ १ गतेसम्म प्रत्येक दिन १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द रहनेछ ।
प्रतिकृया दिनुहोस