आईपीएल क्रिकेटमा आज गुजरात र राजस्थान खेल्दै

बैशाख १५, काठमाण्डौ / इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ । यो खेल जयपुरमा बेलुका पौने ८ बजे शुरु हुनेछ ।

गुजरात आठ खेलमा १२ अङ्कसहित दोश्रो स्थानमा छ । नौ खेलमा चार अङ्कसहित तालिकाको पुछारबाट दोश्रो स्थानमा छ ।

हिजो भएका खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले दिल्ली क्यापिटल्सलाई छ विकेटले र मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत