११ बैशाख, काठमाण्डौ / भारतकाे जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका रुपन्देहीको बुटवलका सुदीप न्यौपानेको शव आज घर ल्याइएको छ । उहाँको आजै अन्त्येष्टि गर्ने तयारी छ ।
सुदीपको शव ल्याएसँगै बुटवल उपमहानगर–११ कालिकानगर मनकामना पथमा शोकाकुल आफन्त र स्थानीयवासीको भीड लागेको छ ।
अस्ति दिउँसो आतङ्कवादी समूहले हत्या गरेका सुदीपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडकमार्ग हुँदै नेपाल ल्याइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिनुभयो ।
भारतीय पक्षले सुरक्षाकर्मीको रोहबरमा सुदीपका आफन्तलाई शव हस्तान्त्ररण गरेको थियो । २७ वर्षीय सुदीप आमा, बहिनी र ज्वाइँलाई सँगै लिएर जम्मू–कश्मीर घुम्न गएका बेला घटना भएको हो ।
प्रतिकृया दिनुहोस