सुनको भाउ एकैदिन सात हजार पाँच सय रुपैयाँले घट्यो

१०  बैशाख, काठमाण्डौ / सुनको भाउ आज एकैदिन तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ सात हजार पाँच सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार रुपैयाँ नाै सय रुपैयाँ रहेकाे थियाे ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदीको भाउ पाँच रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत