९ बैशाख, हेटौंडा / अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन्।
काठमाडौं, महानगरपालिका-२६ मित्रनगर मन्जुश्री मार्गस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ६६ एम्पुल, डाइजेपाम १ सय ५६ एम्पुल र बुप्रेनोर्फिन १ सय ६६ एम्पुल सहित पर्सा वीरगंज महानगरपालिका-२३ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय रोशन कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल सहित पर्सा बहुदरमाई नगरपालिका-९ बस्ने २४ वर्षीय मुमताज मियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा अमलेखगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोको छत माथी रहेको टायरभित्र बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी सुमो चालक मुमताजलाई पक्राउ गरेको हो।
बाँके, नेपालगञ्ज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ४२ वर्षीय पुष्कर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-१० शिवचोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २५ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन ११ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० शिवचोक बस्ने ३९ वर्षीय राज नेपाली र ४५ वर्षीय मिलन भन्ने राजेन्द्र गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी पोखरा महानगरपालिका-६ नारेश्वरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १७ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० अम्मरसिंह बस्ने ३० वर्षीया निशा गुरूङ र अन्नपूर्ण गाउँपालिका-३ घर भएका ३४ वर्षीय विश्व गुरूङ रहेका छन्। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ निङ्गलासैनी टोल बस्ने ३० वर्षीय निशान्त घर्तीमगरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय राकेश परियार र २८ वर्षीय धर्मचन्द्र गिरी रहेका छन्। प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले राकेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।
कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्मदेव दुर्गेटोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ ग्राम र ३ राउण्ड गोली सहित सोही ठाउँ बस्ने ४२ वर्षीय कर्ण बहादुर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ र गोली फेला पारी पक्राउ गरेको हो।
रूपन्देही, देवदह नगरपालिका-५ खैरेनीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४१ एम्पुल, फेनारगन ४१ एम्पुल र टेलजेसिक ४१ एम्पुल सहित कन्चन गाउँपालिका-५ रूद्रपुर बस्ने २४ वर्षीय यम बहादुर बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र नोर्फिन १९ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-२१ बस्ने ३२ वर्षीय क्षितिज तामाङ योङ्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
मोरङ, सुनवर्षी नगरपालिका-९ हरिशचन्द्रगढीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ट्याब्लेट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो।
उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिकृया दिनुहोस