शिक्षकहरूको प्रदर्शन जारी, आज आन्दोलनको २१ औँ दिन !

९ बैशाख, काठमाण्डौ / विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । 

मंगलबार पनि काठमाडौंको माइतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन्। उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २० दिनदेखि आन्दोलन गरिरहेका छन् ।

सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिबद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत