८ बैशाख, काठमाण्डौ / इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ ।
आईपीएलमा गुजरात ७ खेलमा ५ मा जीत र २ मा हारसहित १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ३ मा जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।
प्रतिकृया दिनुहोस