४ बैशाख, काठमाण्डौ / कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ प्रदर्शनको बिहीबार ५१ दिन पुगेको छ ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यो फिल्म अहिले पनि काठमाडौंका क्यूएफएक्स, आइएनआई चेनसहित एफक्युब, कीर्तिपुर, बीएसआर, रञ्जना, बिग, सीडीसीमा प्रदर्शनरत छ ।
दमक र बुटवलका हलमा पनि फिल्म प्रदर्शनरत छ । सीताराम कट्टेलले अभिनयमा पुनरागमन गरेको यो फिल्मले सुन तस्करीको जालोदेखि समसामयिक राजनीतिक प्रवृत्तिलाई ब्यंग्य गरेको छ ।
यो मल्टिस्टारर फिल्मले प्रदर्शनको ५१ दिनसम्म देशब्यापी ४ करोड ५२ लाख रुपैयाँ ग्रस कमाइ गरेको संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा उल्लेख छ ।
यो फिल्म २०८१ सालका धेरै कमाउने शीर्ष १० को सूचीमा अटाएको छ । गतवर्ष यो फिल्म धेरै कमाउने दशौं नेपाली फिल्म हो ।
फिल्ममा सीतारामसहित महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापा लगायतको अभिनय छ ।
प्रतिकृया दिनुहोस