३ वैशाख, काठमाडौं / रहस्य र अपराधको कथावस्तुमा कथानक फिल्म ‘मैना’ निर्माण हुने भएको छ । चन्द्रकुमार भट्टराईले निर्देशन गर्ने यो फिल्मलाई राजेन्द्र ढकालले निर्माण गर्नेछन् ।
फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले जनरा र थिमबारे प्रकाश पार्छ । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ ।
भट्टराईले यसअघि समर लभ, मारूनी, राजारानी, सेतो बाघ लागायत एक दर्जन फिल्ममा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् । सुस्मिता फिल्मसको प्रस्तुति रहने फिल्मको कथा गोविन्द मल्लले लेखेका छन् ।
चलचित्रमा ढकाल र विनिता शर्माको लगानी हुनेछ । सह-निर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा हुनेछन् । छायांकन भदौबाट सुरु गरिने निर्माताले जनाएका छन् ।
कलाकारबारे खुलाइएको छैन । यो फिल्म महिलाप्रधान बन्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस