२९ चैत, काठमाण्डौ / भारतमा समातिएका दुर्गा प्रसाईंलाई प्रहरीले झापाबाट काठमाण्डौ ल्याउँदैछ । यही चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईं भारतमा समातिएपछि प्रहरीले बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएको थियो ।
प्रसाईंलाई काठमाण्डौ ल्याएर सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, अपराधिक उपद्रवलगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
१५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुङ्गामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।
त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुगेको थियो । घटनामा दुई जनाको ज्यान जानुका साथै १ सय २९ जना घाइते भएका थिए ।
प्रतिकृया दिनुहोस