हेटौँडा-९ वेतखोल्सिमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु

२८ चैत, मकवानपुर / मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९  वेतखोल्सिमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरुभएको छ ।

श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समारोह समिति कालीमाई मन्दिर हेटौँडा-९  वेतखोल्सिको आयोजनामा आधार्मिक विधि अनुसार उद्घाटन भएकोे हो ।

ओम वैदिक सनातन धर्मको संरक्षण,सम्बर्द्धन गरि मूलतस् हेटौँडा उपमहानगरपालिका वडा  नं-९ को धरोहरको रूपमा रहेको कालीमाई मन्दिरको  अक्षय कोष स्थापनार्थको उद्धेश्यका साथ आयोजित महायज्ञको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकि  मेयर मिना कुमारी लामाले गर्नु भएकोे हो ।

उद्घाटन पूर्व  त्रिवेणी धामबाट जल ल्याएर भागवत पुराण हुने स्थान कालिमाई मन्दिर परिषद्सम्म  सयौ भक्तजनहरुको सहभागितामा कलश यात्रा गरिएको थियो ।

उद्घाटन मन्तव्य राख्दै मेयर मिना कुमारी लामाले भागवत पुराण सबै जातजाती र अन्य धर्मप्रति आस्था राख्ने जोकोहीले पनि श्रवण गर्नुपर्ने शास्त्र भएकोले सुनिदिन र सप्ताहलाई सफल पारिदिन आग्रह गर्नुभएको थियो ।

प्रमुख कथा वाचनका रूपमा आचार्य पं गुरू श्री यदु कुमार अधिकारी रहनु भएको छ । प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म मण्डप पूजा ८ देखि १० सम्म भागवत् पाठ पारायण, ११ देखि ४ बजेसम्म कथा प्रवचन,साँझ ७ बजे देखि १० बजेसम्म एक अध्याय महतमे कथा, देव लिला झाँकी, चेतनामूलक नाटक लागायतका कर्यक्रम रहेको मन्दिर व्यवस्थापन समिति सदस्य सानु कार्की खड्काले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत