२७ चैत, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम १५०औं अन्तरसंसदीय संघको महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छन् । उनी चार वर्षे कार्यकालका लागि उक्त समितिमा निर्वाचित भएकी हुन् ।
आईपीयु महासभाको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो।
नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९ मा आईपीयु शासकीय परिषद्ले १५ सदस्यलाई चार वर्षे कार्यकालका लागि निर्वाचित गरेको हो ।
उनीसँगै समितिमा भारत, मेक्सिको, यूएई, केन्या, नेदरल्याण्ड्स, स्विटजरल्यान्ड, अल्जेरिया, आयरल्यान्ड, फ्रान्स, नामिबिया, उज्बेकिस्तन र जिम्बाब्वेका प्रतिनिधि पनि निर्वाचित भएको सांसद गौतमका सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस