२७ चैत, काठमाडौं / नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइ मृत फेला परेका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ मा रहेको ब्रिटिश क्याम्प नजिकै हिजो बेलुका नारायणी नदीमा नुहाउने क्रममा डुबेर दिदीभाइ बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता भएका गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा र ९ वर्षीय छोरा स्वप्निलको शव सशस्त्र प्रहरीको गोताखोरले आज नदीबाट निकालेको इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस