सीआईडी २ मा एसीपी प्रद्युमनको ‘मृत्यु’ मात्र टीआरपी स्टन्ट

२४ चैत, काठमाडौं / टेलिभिजनमा कम्ब्याक गरेको चर्चित शो ‘सीआईडी’ लाई हिट बनाउन निर्माताहरूले नयाँ रणनीति अपनाएका छन् । उनीहरूले शोमा एसीपी प्रद्युमनको ‘मृत्यु’ हुने कथाको योजना बनाएका हुन् ।

शिवाजी साटमले वर्षौँदेखि यो भूमिका निभाउँदै आएका छन् । उनी सीआईडी २ को पनि हिस्सा रहेका छन् । तर, अब उनको भूमिकामा नयाँ ‘ट्वीस्ट’ देखाउन लागिएको छ ।

भारतीय मिडिया दैनिक भास्करले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘उनको मृत्यु केवल देखाउनका लागि मात्र हो । वास्तवमा उनको मृत्यु भएको हुँदैन । दुई हप्तापछि नै उनको पुनरागमन हुनेछ ।’
च्यानलसँग जोडिएका स्रोतले भने, ‘एसीपी प्रद्युमनको मृत्यु वास्तविक होइन । यो मात्र ‘सस्पेन्स’ निर्माण गर्ने तरिका हो ।’

सीआईडी २ लाई सुरुवातमा निकै राम्रो प्रतिक्रिया प्राप्त भएका थियो । ओटीटीमा केही दिन यो ट्रेन्डिङमा पनि रह्यो । तर, पछि शोले अपेक्षित प्रतिक्रिया पाउन छाड्यो । टीआरपीको आँकडामा पनि शो अन्यभन्दा पछि पर्न थाल्यो ।

त्यही भएर निर्माताहरूलाई कुनै ‘ठुलो झट्का’ नदिई शोलाई हिट बनाउन नसकिने लाग्यो । त्यसैले सबैभन्दा पुरानो र चर्चित पात्र ‘एसीपी प्रद्युम्न’ का लागि नयाँ ट्वीस्ट योजना गरिएको हो ।

सन् १९९८ देखि सुरु भएको सीआईडी सन् २०१८ सम्म लगातार टिभीमा चल्यो । शोले ‘कल्ट’ को स्थान हासिल गर्न सफल भयो जहाँ एसीपी प्रद्युमन, अभिजित र दयाजस्ता पात्र निकै चर्चित बने ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत