संसदमा ज्वालाको प्रस्ताव : उमेर भएसम्म लोकसेवा लड्न दिऔँ, बरू प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने व्यवस्था गरौँ

४ चैत, काठमाडौं / नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटक फेल भए परीक्षा दिन निषेध गर्ने गरी कानुन बनाउन लागेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले परीक्षाबाट नै वञ्चित गर्नु भनेको युवाहरूलाई खाडी र मलेसियातिर धकेल्नु भएको टिप्पणी गर्दै आपत्ति जनाएका हुन्। उनले भने, ‘सरकारले रोजगारीको विकल्प पनि नदिने, परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्ने यो मौलिक अधिकारबाट वञ्चित गराउनु हो। त्यसैले लोकसेवा लड्ने उमेर भएसम्म लड्न पाउनु पर्छ।’

उनले यसको साटो राजनीतिक नियुक्ति, चुनाव, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति कति पटक हुने भन्ने विषयमा छलफल गर्नुपर्ने प्रस्ताव गरे। उनले भने, 'बरू राष्ट्रपति एक, प्रधानमन्त्री दुई, मन्त्री र सांसद तीन पटक र गैरसांसद मन्त्री हुने गरी व्यवस्था गरौँ।'

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत