४ चैत, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले लोकसेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह गरेकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले लोकसेवा आयोगका प्रमुखलाई सम्झिएकी हुन् ।
‘सुशासनसम्बन्धी विधेयकमा छलफल गर्दै गर्दा हालका प्रमुख आयुक्त (लोकसेवा आयोगका प्रमुख आयुक्त माधव रेग्मी) ले समितिको बैठकमा ‘मैले सय जना कर्मचारीलाई केही गर्न सकेको छैन संघ संगठनका कारणले भन्नुभएको छ,’ सांसद सुमनाले जानकारी गराइन् ।
लोकसेवा आयोगलाई काम गर्न सहज हुने र सुशासन कायम गर्न सहयोग पुग्नेगरी ऐन बन्नुपर्नेमा सांसद सुमनाको आग्रह छ ।
प्रतिकृया दिनुहोस