३ चैत, काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर जलाउने राप्रपाका युवा नेता पक्राउ परेका छन् ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव नीराजन बम पताँलालाई भरतपुर विमानस्थलबाट चितवन जिल्ला प्रहरी कार्यालयले आइतबार दिउँसो पक्राउ गरेको राप्रपा महामन्त्री शरदराज पाठकले जानकारी दिए ।
शनिबार हेटौँडामा आयोजित कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालको तस्बिरमा आगो लगाउँदै गणतन्त्रविरोधी नारा पनि लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । कार्यक्रममा सहभागीलाई पनि दाहालविरुद्ध नारा लगाउन उनले उक्साएको दाबी प्रहरीको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई दाहालले भाइमारा र मूर्ति चोर भन्दै आलोचना गरेपछि राप्रपा आक्रोशित देखिएको छ। पताँला पक्राउ परेको पुष्टि गर्दै राप्रपा महामन्त्री धवल शमशेर राणाले तत्काल रिहा गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस