२० किलो चाँदीसहित नरेफाँटबाट ५ जना पक्राउ

२० फागुन / २० किलो चाँदीसहित पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

काठमाडौंको नरेफाट उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।


पक्राउ पर्नेहरुमा चार पुरुष र एक महिला छन् । पक्राउ परेकाहरु सबै नेपाली नागरिक हुन् ।

उनीहरुले भारतबाट भन्सार छलेर चाँदी ल्याउने गरेको प्रहरीको भनाइ छ ।


मोटरसाइकलमा फल्स बटम बनाएर उनीहरु चाँदी तस्करी गर्ने गरेको प्रहरीको भनाइ छ ।

यसबारे विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । थप अनुसन्धानको काम बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत