एनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रता

सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार समितिका संयोजक घलेले एकताको महाधिवेशन गराउन प्रक्रिया अघि बढाएका हुन् ।

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनसम्बन्धी कामलाई थप तिव्रता दिइएको छ । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले एकता महाधिवेशनलाई थप तिव्रता दिएको हो । महाधिवेशनकै तयारीका लागि अहिले प्रभावशाली अभियन्ताहरु काठमाडौँमा आईपुगेका  छन । अभियन्ताहरु रविना थापा, आरके शर्मा, विनोद कुँवर, पुस्प थापा,खगेन्द्र न्यौपाने,रोविन्द प्रसाद श्रेष्ठ, जानकी गुरुङ, गंगाधर गौतम,चिन्तामनी सापकोटा,वेद खरेल लगायतका अभियन्ताहरु काठमाडौँमा छन् । यस्तै अन्य अभियन्ताहरु पनि आउने क्रम जारी रहेको एक सदस्यले बताए । 
मे २ देखि ५ तारिखसम्म हुने महाधिवेशनलाई सभ्य र भव्य बनाउन व्यापक काम भइरहेको र हजारौँको सहभागितामा अदालतको आदेशअनुसारको काम सफल बनाइने घलेको भनाइ छ । 
उसो त विश्वभरका कतिपय अभियन्ताहरुले टिकट बुकिङ थालिसकेका छन् भने उनीहरुले एकताको महाधिवेशन गरेर एनआरएनएलाई गति दिन आग्रह गरेका छन् । संघभित्र एक समूहले असहयोग गरेपनि कानुनी रुपमा सबै अधिकार आफूलाई भएकाले घले उत्साहित छन् । 
उसो त आइतबार सम्पन्न उच्चस्तरीय समितिले मूल आयोजक समिति बनाएको थियो । घलेकै नेतृत्वमा १९५ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय भएका ेहो ।नेपाल सरकारका प्रतिनिधि २ जना सहित १९५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको सदस्य विनोद कुँवरले जानकारी दिए । 

सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार समितिका संयोजक घलेले एकताको महाधिवेशन गराउन प्रक्रिया अघि बढाएका हुन् । तर, चैत २१ पछिको सर्वोच्चको दोस्रो फैसलाले आफूहरुले आधिकारिकता पाएको भन्दै ११ औँ महाधिवेशनबाट अध्यक्ष चयन भएका बद्री केसीले भने घले नेतृत्वको समितिलाई अस्वीकार गर्दै आएका छन् । 

तर, घलेले कानुनविद्हरुका साथै विश्वभरका सरोकारवालासँग छलफलका आधारमा महाधिवेशन गराइछाड्ने भन्दै प्रक्रिया अघि बढाएका हुन् । सर्वोच्चको परमादेशअनुसार गठन भएको घले नेतृत्वको उच्चस्तरीय समितिमा उपेन्द्र महतो, देवमान हिराचन, राम प्रताप थापा, जीवा लामिछाने, भबन भट्ट, कुमार पन्त, विनोद कुँवर, कुल आचार्य, रविना थापा, जानकी गुरुङ, उमेश कुमार पुडासैनी र बद्री केसी समेत छन् । तर, केसी हालसम्म समितिको बैठकमा सहभागी भएका छैनन् । 

यस्तै सहजीकरणका लागि नेपाल सरकारको प्रतिनिधिको रुपमा अरुणा जोशी र पुष्कर नेपालसमेत सदस्य रहेको कुँवरले बताए । उनीहरु स्वतः मुल आयोजक समितिमा रहेका छन् ।  यस्तै एशिया प्रशान्त क्षेत्र, अमेरिकासम्बन्धी क्षेत्र, । युरोप क्षेत्र, । मध्यपूर्व क्षेत्र, अफ्रिका क्षेत्रबाट प्रतिनिधित्व रहनेगरी मूल आयोजक समिति बनाइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत