हेटौंडा बचत द्वारा आश्रममा सहयोग प्रदान 

७ पुष , हेटौंडा / हेटौंडा उपमहानगरपालिका ०७ नागस्वती स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि ले आफ्न‍ो २६ औ:स्थापना दिवशको अवसरमा हेटौंडा ०१ चौकीटोलमा रहेको ॐ बृद्धाश्रमलाई एक दिनको खानपिन वापत रु १५००० सहयोग प्रदान गरेको छ ।

सहकारीका कर्मचारी तथा सञ्चालक आईतवार आश्रममै पुगेर सहयोग हस्तान्तरण गरेका हुन ।

२०५६ सालमा स्थापित सहकारीले प्रत्येक बर्ष आफ्न‍ो स्थापना दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्दै आईरहेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेत सचिव युवराज गौतम ,कोषाध्यक्ष पार्वती भट्ट ब्यबस्थापक रामशरण गौतम लगायत सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

स्थापना दिवसको अवसरमा सहकारीले पौष ८ गते सञ्चालक कर्मचारी बिच अन्तक्रिर्या १० गते संस्थामा आवद्ध बालबचतकर्ताहरुलाई पिकनिक सहित अतिरिक्त कृयाकलाप ,११ गते रक्तदान तथा १३ गते दिप प्रज्वलन सहित मिठाई बितरण गरिने संस्थाका सञ्चार प्रमुख सुशिल सुवेदीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत