हेटौंडा एडभेन्चर क्लब द्वारा कालिका मा.वि मा न्यानो कपडा वितरण

२३ मंसिर, हेटौंडा / हेटौंडा एडभेन्चर क्लबले कैलाश गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका २०० जना चिसोमा कठ्याङ्गग्री रहेका कलिला जेहेन्दार विद्यार्थीहरूलाई आज २३ गते आईतवार न्यानो कपडा वितरण गरेको क्लबका अध्यक्ष सुशिल सुबेदीले जानकारी दिनुभयो ।

 हेटौंडा एडभेन्चर क्लबका सदस्यहरुबाट संकलित रकमबाट कालिका माबी मा अध्ययनरत २०० जना बालबालिकाहरुलाई करिव ९० हजार रकम बराबरको न्यानो कपडा बितरण गरिएको कार्यक्रम संयोजक पुरुषोत्तम रिमालले बताउनु भयाे ।  

बितरण कार्यक्रम अध्यक्ष सुशिल सुवेदीको सभाध्यक्षतामा भएको थियो कार्यक्रममा प्रमुख अतिथि कालिका माबीका प्रधानाध्यापक रामचन्द्र कालाखेली,कार्यक्रम संयोजक पुरुषोत्तम रिमाल तथा क्लबका सल्लाहकार किरण लामिछानेले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ,कार्यक्रम मा बोल्दै प्रमुख अतिथि कालाखेतीले क्लबले गरेको कार्यको प्रशंशा गर्दै आगामी दिनमा समेत यस्तै सामाजिक कार्यको लागि शुभकामना दिनुभयो । 

साथै यस कार्य मा हाल सम्म प्रत्यक्ष अप्रत्यक्ष सहयोग ,सल्लाह सुझाव दिनुहने प्रति क्लबका अध्यक्ष सुशिल सुबेदीले हा्दिक आभारी साथै धन्यवाद प्रकट गर्नु भयो ।

हेटौंडा एडभेन्चर क्लबले नेपालमा रहेका ७७ वटै जिल्लामा रहेका बिभिन्न धार्मिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार लगायत बिभिन्न सामाजिक कार्य विशुद्ध रुपमा केन्द्रित भएर बिभिन्न कार्यक्रम गर्ने लक्ष्य लिइएर सक्रिय रहेकाे र क्लबले यस अघि असोजमा हेटौंडा का पर्यटकिय स्थलहरुको प्रचार प्रसारको लागि सम्पदा यात्रा तथा कार्तिक २१ गते देखि ९ दिने डोल्पा को यात्रा गरेको थिय‍ो क्लबमा ४१ जना सदस्य रहेका छन क्लबले पर्यटन खेल तथा सामाजिक क्षेत्रमा काम गरिरहेको सचिव मनोज कुमार गौतमले बताउनु भयाे ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत