१७ मंसिर, काठमाण्डाै / नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । कर्णालीका गुल्सन झाले ३६, अर्जुन घर्तीले ३३, कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए । यस्तै भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट भए । जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए ।
प्रतियाेगितामा जनकपुरकाे याे दाेस्राे खेल हाे । अस्ति भएकाे उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई हराएकाे थियाे ।
यसअघि आज बिहान भएको खेलमा चितवन राइनोजले काठमाण्डौ गुर्खाजलाई पाँच विकेटले हराएको छ ।
प्रतिकृया दिनुहोस