चाडपर्वले नेपालीहरू बीच सद्भाव बढाउँछस् आईसीसी कोषाध्यक्ष ढुंगाना

वर, दुबई / एनआरएनए आईसीसी कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले चाडपर्वहरूले नेपालीहरू बीच सद्भाव, मायाप्रेम र भाईचारा बढाउने उल्लेख गर्नुभएको छ। उहाँले नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएईको आयोजनामा आयोजित दशैं टीका तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरूको बीचमा यस्तो धारणा व्यक्त गर्नुभएको हो।

दशैंजस्ता चाडपर्वहरूले युएईमा रहेका नेपालीहरू बीच मात्र होइन, विश्वभर फैलिएका नेपालीहरूको बीचमा पनि भाईचारा र सद्भाव बढाउने काम गर्ने कोषाध्यक्ष ढुङ्गानाले बताउनुभयो । यस्ता चाडपर्वहरूले नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने उहाको भनाई थियो । प्रवासमा बसेका नेपालीहरूको लागि चाडपर्वले घर र देशको सम्झना दिलाउँदै उनीहरूलाई आफ्नो पहिचानप्रति गर्वको अनुभव गराउने ढुङ्गानाले बताउनुभयो ।

कार्यक्रम  युएईको वर, दुबईस्थित एनआरएनए एनसीसी युएईको कार्यालयमा भव्य रूपमा सम्पन्न भएको थियो । कार्यक्रममा एनआरएनएका उच्च पदाधिकारीहरू, सदस्यहरू, सल्लाहकारहरू तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

दशैं नेपालीहरूको लागि विशेष महत्त्व राख्ने पर्व हो। यो पर्वले परिवारका सबै सदस्यहरूलाई एक ठाउँमा ल्याउँछ, जहाँ जेष्ठ सदस्यबाट आशीर्वाद ग्रहण गरिन्छ। टीका, जमरा, र देवीको पूजा यस पर्वका प्रमुख विशेषताहरू हुन्। विशेष गरी देवी दुर्गाको विजयको प्रतीकका रूपमा मनाइने दशैंले असत्यमाथि सत्यको जीतको सन्देश दिन्छ। परिवार र समाजलाई एकतामा बाँध्ने यो पर्वले नेपाली संस्कृति, परम्परा, र धार्मिक भावनालाई उजागर गर्छ। प्रवासमा रहेका नेपालीहरूले दशैंको महत्त्व अझै गहिरो रूपमा अनुभूति गर्छन्, किनकि यो चाडले आफ्ना परिवार र मातृभूमिप्रति उनीहरूको माया र सम्मानलाई प्रकट गर्छ। दशैंले सम्पूर्ण नेपालीलाई एकसाथ ल्याउने काम गर्छ, चाहे उनीहरू जहाँसुकै भए पनि।

कार्यक्रमका क्रममा एनआरएनए आईसीसी कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, एनसीसी युएई अध्यक्ष विकास शाहीलगायतका नेतृत्वकर्ताहरूले सहभागीलाई दशैंको टीका र जमरा लगाई दिएर आशीर्वाद प्रदान गर्नुभयो। प्रवासमा रहँदा पनि नेपालीहरूको महान् पर्व दशैंको टीका र जमरा लगाउन पाउँदा सहभागीहरूले ठूलो खुसी प्रकट गरेका थिए।

विशेषतः विविध कारणले घर जान नसकेका नेपालीहरूको लागि दशैंको टीका र आशीर्वाद प्रदान गर्ने कार्यक्रम आयोजना गरिएको थियो। एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाहीले दशैंको अवसरमा यस्ता कार्यक्रमले नेपालीहरूको परम्परा, संस्कृति र एकताको भावना झल्काउने भन्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो।

उहाँले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमले नेपाली समुदायलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो।
एनआरएनए एनसीसी युएईले आयोजना गरेको दशैं टीका र शुभकामना आदानप्रदान कार्यक्रमले नेपाली संस्कार र परम्परालाई जीवित राख्दै प्रवासमा रहेका नेपालीहरूको बीचमा एकताको भावना गरेको नेपाली जनप्रगतिशिल मञ्च एसिया प्रदेशका कोषाध्यक्ष बाबुराम विश्वकर्माले बताउनुभयो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत