सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

२ असोज, काठमाण्डौ / सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख ५६ हजार सात सय रुपैयाँ रहेको थियो । अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत