मकवानपुरगढीमा भीरबाट लडेर रुम्बाको मृत्यु

२६ भदौ, हेटौंडा \ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६, सरमपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान साढे ८ बजेको समयमा १७ वर्षीय शीर बहादुर रुम्बा मृत भेटिएका हुन् ।

रुम्बा बेशी घरबाट डाँडामा रहेको अर्को घरमा जाने क्रममा लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत