संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृति दिवस आज

२६ भदौ, काठमाण्डौ / संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस मनाइँदैछ । ललितपुरको च्यासलमा रहेको एमाले कार्यालयमा आज स्मृतिसभा गरिँदैछ ।

स्मृतिसभालाई पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो भने २०५६, २०७४ र २०७० सालको संसदीय चुनाव तथा २०६४ र २०७० सालमा भएका संविधानसभा चुनावमा इलामबाट विजयी हुनुभएको थियो । नेम्वाङको पोहोर भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत