अस्मिता र महेशले गरे इङगेजमेन्ट

५ असार, काठमाडौं / गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन्।

आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

'सहयात्राको यो सुरुआत' भन्दै उनले लेखेका छन्, 'वी आर इङगेज्ड ! आई लभ यू' भन्दै महेशले अस्मितासँगका तस्बिर उनलाई ट्याग गरेका छन्।

उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन्। केही गीतमा सहकार्य समेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो।

अस्मिता र महेशले केही चर्चित गीत सँगै गाएका छन्। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत