झापामा कक्षा १२ को परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण

काठमाडौं /  झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ ।

आक्रमण परेर १८ वर्षकी एनिका अधिकारी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।


उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

उनको पेटमा गोलीको छर्रा जस्ताे वस्तु लागेको छ । तर यकिन नभएको प्रहरीले जनाएको छ ।


घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्म कोही पनि पक्राउ नपरको डीएसपी चन्दले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत