चीनले नेपालीसँग वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने

काठमाण्डौ / चीनले नेपालीसँग मे १ अर्थात् यही वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने भएको छ । काठमाण्डौमा रहेको चिनियाँ दूतावासले आज सूचना निकालेर सन् २०२४ मे १ देखि चीन जानका लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको जानकारी गराएको हो ।

भिसा शुल्क नलिए पनि 'एक्सप्रेस फी' र 'सर्भिस फी' भने लिने दूतावासको सूचनामा उल्लेख छ । नेपालका लागि चीनका राजदूत छन सोङले ट्वीट गर्दै नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन भिसा शुल्क नलिने निर्णय गरेको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत