घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध

कञ्चनपुर /  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाएको अध्यक्ष बहादुरसिंह महराले जानकारी दिनुभएकाे छ ।

सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखापरेको हो । बाघ कसरी घाइते भएको हो भन्नेबारे थाहा नभइसकेको अध्यक्ष महराले बताउनुभयो । चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघलगायतका जनावरको बासस्थानका रूपमा रहेको छ ।

हिजो शुक्रवार मात्रै यो सामुदायिक वन क्षेत्रसँग जोडिएको भगवती सामुदायिक वनमा घाँस काट्न गएका २८ वर्षीय रवीन्द्र धामीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत