काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ दैनिक तीन घण्टा खुल्ने

हेटौँडा / काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ दैनिक तीन घण्टा खुल्ने भएको छ । मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि बन्द रहेको सडकमा काम पूरा नभएकाले अब दैनिक तीन घण्टामात्र खुलाउन लागिएको हो ।

मकवानपुरको हेटौँडाबाट ठिङ्गन, बगुवा, काल्चे, भट्टेडाँडा, तीनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटो जोडिने यो सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म तीन घण्टा खुला रहने कान्ति लोकपथ आयोजनका इन्जिनियर रवीन्द्र महर्जनले बताउनुभयो ।

उहाँका अनुसार अब बाँकी काम गर्दै अर्को महिना जेठ १५ गतेसम्म सडक तीन घण्टामात्रै खुल्नेछ । यो सडक २०१३ सालमा शिलान्यास भएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत