ट्याक्टरले किच्दा एक जनाको घटनास्थलमै मृत्यु

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिका वडा नं.१० सादिखोरियामा ट्याक्टरबाट खसेर टेलरको चक्काले किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश–१० पुरानोगाँउ बस्ने ३५ बर्षीय प्रदिप वाईवा रहेका छन् ।

भलटारबाट पुरानो गाँउ तर्फ बिजुलीको पोल लिएर जादै गरेको बागमती प्रदेश०३–००१त ०४१९ नम्बरको ट्याक्टरको पछाडी टेलरबाट लडेका वाईवालाई ट्याक्टरको पछाडिको चक्काले किच्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनास्थलबाट कानुनी प्रकृया पुरा गरी शव पोष्टमाटको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत